गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

पर्वत अस्पताल

कुश्मा, पर्वत, नेपाल

लक्ष्य


भावी सोच

स्वस्थ, उत्पादनशिल र गुणस्तरिय नागरिक निर्माण

ध्येय 

उपलब्ध साधनस्रोतको अधिकतम प्रयोग मार्फत सेवाग्राही र सरोकारवालाहरु बीच रणनीतिक सहकार्य गरी नागरिकहरुको सहज उपचार पाउने मौलिक अधिकारको सुनिश्चित गर्ने ।

लक्ष्य 
आधुनिक सेवाहरु थप गरि आधारभूत स्वास्थ्य समस्याहरुको उपचारका लागि ठुला शहरमा जानुपर्ने बाध्यताको अन्त्य गरि उपचार सेवाको पहुँत वृद्धि गर्ने र न्यायसंगत एवम जवाफदेहि प्रणालीको माध्यमबाट उपचार सेवा उपलब्ध गराउने

उद्देश्यहरु 
-  नागरिकको मौलिक अधिकारको रुपमा रहेको आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने,
- प्रत्येक नागरिकले सहज रुपले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने गरी आवश्यक औषधी, उपकरण, प्रविधि र दक्ष स्वास्थ्यकर्मीहरु सहितको प्रभावकारी एवं जवाफदेहीपूर्ण स्वास्थ्य सेवा प्राणालीको स्थापना गर्ने,
- स्वास्थ्य बीमा गरेका नागरिकहरुलाई सहज रुपमा उपचार सेवा उपलब्ध गराउने
- स्वास्थ्य सेवा प्रवाहमा जनसहभागिता सुनिश्चित गरि अस्पतालको सुदृढिकरणमा समुदाय तथा नीजि क्षेत्रको संलग्नता वृद्धि गर्दै अपनत्व प्रवद्र्धन गर्ने 
- विभिन्न संघ संस्थाहरुसंग सहकार्य गरि सेवा तथा उपकरणहरु व्यवस्थापन र परिचालन गर्ने