गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

पर्वत अस्पताल

कुश्मा, पर्वत, नेपाल

भविष्यका योजना


पर्वत अस्पताललाई आधुनिक उपचार लायक अस्पताल बनाउने सन्दर्भमा निम्न अनुसार भावी योजना तय गरिएको छ ।

  • मृगौला डायलाइसिस सेवा तथा आई.सि.यू.सेवालाई विश्वसनिय र गुणस्तरिय बनाउने
  • अस्पताल प्रयोजनका लागि अलग्गै विद्युत ट्रान्सफरमर राख्ने व्यवस्था मिलाउने (हाल अस्पतालको जग्गामा भएको २०० के.भि.ए. को ट्रान्सफरमरबाट बजारलाई समेत विद्युत आपूर्ति गरिएका कारण विद्युत अप-डाउन हुने गरेको हुँदा अस्पतालका मेडिकल उपकरण तथा औजारहरु विग्रिने समस्या परिरहेको छ ।)
  • आँखाको अपरेशन सेवा सञ्चालन गर्ने र यसका लागि नेत्र ज्योति संघसँग सहकार्य गरि आँखा उपचार कक्ष भवन निर्माण गर्ने
  • अस्पतालमा २४ सै घण्टा नै सुचारु हुने गरि खानेपानि धारा व्यवस्थापन गरि पानिको दिर्घकालिन समाधान गर्ने
  • नागरिक तहबाट नागरिक सहयोग समिति गठन गरि अस्पताल र नागरिकको सम्बन्ध सुमधुर बनाउने, अस्पताल सुधारका लागि विभिन्न सहयोग जुटाउन पहल गर्ने
  • विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय संघ संस्थाहरुसँग सहकार्य गरि अत्याधुनिक उपकरण प्रवन्ध गर्ने तथा सेवा विस्तार गर्ने
  • विशेषज्ञ डाक्टर सहित ५० वेडको दरवन्दी व्यवस्थाका लागि पहल गर्ने
  • अस्पतालको सरसफाई तथा सुरक्षाका लागि निजि संस्थासँग सहकार्य गरिने
  • अपरेशन सेवालाई थप प्रभावकारी बनाउने, उपकरण थप गर्ने
  • एकद्धार संकट व्यवस्थापन केन्द्रलाई थप प्रभावकारी बनाउने र यसको सेवा सम्बन्धमा प्रचार प्रसार गर्ने
  • सामाजिक सेवा ईकाईलाई प्रभावकारी रुपमा सञ्चालन गरि गरिव, वृद्ध तथा असहायहरुलाई सहायता गर्ने 
  • घरेलु हिंसा, दुर्व्यववहार तथा यौनजन्य हिंसामा परेका महिला तथा बालबालिकाहरुका लागि व्यवस्था गरिएको एकद्धार संकट व्यवस्थापन केन्द्र (One Stop Crisis Management Center) लाई थप व्यवस्थित गर्ने