गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

पर्वत अस्पताल

कुश्मा, पर्वत, नेपाल

उपलब्धिहरु


पर्वत अस्पताल व्यवस्थापनका लागि वर्तमान व्यवस्थापन समिति गठन भएपछि भएका महत्वपूर्ण उपलब्धीहरु
- मृगौला डायलासिस सेवा शुरु गरिएको छ ( (४ वटा मेशिन)
- ५ वेड आई सी यु र ३ वटा भेण्टिलेटर बाट सेवा लिन सकिने अवस्था बनाईएको छ ।
- विरामीका लागि आवश्यक पर्ने अक्सिजन व्यवस्थापनका लागि सिलिण्डर भर्न पोखरा जानुपर्ने बाध्यताको अन्त्य गरिएको छ, पर्वत अस्पतालमा अक्सिजन प्लाण्ट जडान गरिएको छ ।
- लामो समयसम्म शव सुरक्षित राख्नका लागि शव चिसो बनाउने मर्चरी च्याम्वर स्थापना गरिएको छ ।
- अस्पतालमा विद्युतीय मेडिकल रेकर्डिङ प्रणाली (EMRS) पद्धति जडान गरिएको छ । 
- डिजिटल एक्सरे सेवा प्रारम्भ (Digital X-ray)  गरिएको छ । 
- सवै प्रकारका परिक्षण गर्न सम्भव हुने गरि सवै उपकरण सहितको प्रयोगशाला (Lab) स्थापना भएकोछ । 
- अत्याधुनिका भिडियो एक्सरे (USG) मेशिन उपलब्ध भई सहज सेवा सम्भव भएकोछ । 
-  MDGP को संलग्नतामा अपरेशन सेवा (जटिल सुत्केरी, एपेन्डिक्स, हाईड्रोशिल, फिमोसिस) सुचारु गरिएको छ । 
- दाँतको उपचार सेवामा पहिलो पटक MDS  डाक्टरको प्रवन्ध गरि विशेषज्ञ सेवा प्रदान गरिएको छ ।
- थाईराईड परिक्षण शुरु गरिएकोछ । विगतमा यसका लागि पोखरा जानुपर्ने बाध्यता थियो । 
- नवजात शिशुको सघन उपचारका लागि SNCU वेड व्यवस्थापन गरिएको छ । 
- ६ महिनादेखि ५ वर्षसम्मका कुपोषित बच्चाहरुका लागि निःशुल्क पोषण गृहका राख्ने व्यवस्था गरिएको छ
- गण्डकी मेडिकल कलेज पोखरासंग समन्वय गरि पर्वत अस्पतालमा नै पहिलो पटक मानसिक रोग तथा अन्य विशेषज्ञ (स्त्री रोग, छाला, बाल, नाक कान घांटी, हाड जोर्नी लगायत अन्य) सेवा प्रारम्भ गरिएको छ ।
- ७  प्रतिशत छुट पाउने गरि फार्मेसी व्यवस्थापन गरिएको छ । 
- विभिन्न निःशुल्क शिविर मार्फत विशेषज्ञ सेवा प्रदान गरिएको (आँखा, किडनी, मुटु परिक्षण) 
- अस्पतालको आम्दानी खर्चको पारदर्शिता, प्रभावकारीता र अभिलेखका लागि सफ्टवेयर पद्धति लागु गरिएकोछ । 
- अस्पतालमा हुने काम, विरामीको अवस्था, कर्मचारीको ड्युटी लगायतका कामको अनलाईन अनुगमनका लागि सि सि टि भी जडान गरिएको छ ।
- अस्पतालमा विगतदेखि न्यून तलवमा काम गरिरहेका सवै कर्मचारीहरुको तलव नेपाल सरकारको श्रम ऐन अनुसार न्यूनतम १३४५०/– हुने गरि वृद्धि गरिएकोछ । 
- डाक्टर तथा अन्य कर्मचारीहरुको प्रोत्साहनका लागि भत्ता वृद्धि  गरिएकोछ । 
- विगतदेखि सञ्चालनमा रहेको आँखा उपचार सेवामा सुधार गरिएको छ साथै अस्पताल भित्रै सुलभ दरमा चश्मा बनाउने सेवा थप गरिएको छ । 
- अस्पतालमा आउने विरामी तथा अन्य व्यक्तिहरुका लागि अस्पताल परिसर भरि निःशुल्क ईन्टरनेट सेवा उपलब्ध गराईएकोछ । 
- ५० शैयाको अस्पतालमा स्तरोन्नती हुने गरि अत्याधुनिक भवन निर्माण भैरहेको, नर्सिङ क्वाटर तथा प्रशासनिक भवन निर्माणको काम सम्पन्न हुने चरणमा रहेकोछ । 
- अस्पतालमा पहिलो पटक कपडा सफाईका लागि वासिङ मेशिन व्यवस्था गरिएकोछ । 
- दाँत उपचार कक्ष तथा प्रयोगशालामा रगतजन्य काम हुने भएको हुंदा भुईमा टायल व्यवस्था मिलाईएकोछ ।
- अस्पताल परिसर भित्र अग्नि नियन्त्रक मेशिन (Fire Extinguisher) जडान गरिएकोछ ।
- घरेलु हिंसामा पर्ने महिला तथा बालबालिकाहरुका लागि उपचार सेवा, कानूनी सेवा तथा अन्य सेवा पाउने गरि निःशुल्क बस्न पाउने गरि एकद्धार संकट व्यवस्थापन केन्द्र सञ्चालन गरिएकोछ ।
- एम्बुलेन्स मात्र भएको अस्पतालमा अहिले थप २ वटा गाडीको प्रवन्ध गरिएको छ ।
- गण्डकी मेडिकल कलेजसंग सहकार्य गरि विशेषज्ञ सेवा प्रारम्भ गरिएको छ ।
-  National Association of School Library (NASL) संग सहकार्य गरि अस्पताल भित्र पुस्तकालय स्थापना गर्ने काम थालनी गरिएको छ । 
- अस्पतालले मान्यता पाएको २०४६ साल माघ १६ गतेको सन्दर्भ पारेर हरेक वर्षको माघ १६ गतेलाई अस्पतालको स्थापना दिवसको रुपमा मनाउने व्यवस्था गरिएको छ । 
- गरिव, असहाय र विपदमा परेका बिरामीहरुलाई उपचारमा सहायता प्रदान गर्ने उद्धेश्यले विपद कोष स्थापना गरि मुद्धति खातामा रकम जम्मा गरि व्याजबाट सहयोग गर्ने नीति बनाईको छ ।